Vutla
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा शिक्षक मृत्यु प्रकरण: शंकास्पद ११ जना प्रहरी नियन्त्रणमा,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धन बहदुर बिष्टको शंकास्पद मृत्यु भएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।

प्रहरीले अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेका छ । सोधपुछको काम अन्य शिक्षक तथा विद्यार्थीहरुसँग समेत भइरहेको र अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरु नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । उनिहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर सोधपुछको काम भइरहेको उनले बताए । उनिहरुको परिचय अहिले नै खोल्न नसकिने समेत उनले बताए ।

जय भगवति मेलौली सुनचाँदी

पुस १ गते शुक्रबार विद्यालयका एक जना शिक्षकले स्वागत भोज (वेलकम पार्टी)कार्यक्रम राखेका थिए । उक्त भोज कार्यक्रममा मृत फेला परको बिष्ट समेत सहभागि थिए । स्वागत भोज अप्रान्ह सकिएको बुझीएको छ । त्यही भोज कार्यक्रममा सहभागि शिक्षक र छात्रबासमा बस्दै आएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरी निरिक्षक खत्रीले बताए ।

शनिबार दिउसो शिक्षक बिष्ट कृष्ण माविको छात्रबास नजिकै मृत फेला परेका थिए । शिक्षक बिष्ट पनि बिगत देखि नै छात्रबास मै बस्दै आएका थिए ।

पोष्टमाटमको रिर्पाेट पनि प्रहरीले सार्बजनिक गरेको छैन । मृतकका आफन्तका अनुसार छाती, मुख तथा नाकमा चोट लागेको दखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन् । ‘अनुहार भरी चोट छ, दात भाचिएको छ, नाकमा पनि चोट छ, छातीमा समेत चोट छ, यस्तो अवस्थामा शव देखिएकाले यो हत्या नै हो,’ आफन्त लोकन्द्र बिष्टले भने । ठोस अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने अर्का आफन्त हर्क बिष्टले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page