Vutla
Laxmibhuwan sun chadi

पाटनमा शिक्षक मृत्यु प्रकरणः आन्दोलन थप चर्किदै, बुधबार बिहानै देखि सडक बन्दको घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-बैतडीमा दिन प्रतिदिन आन्दोलन चर्किदै गएको छ । सोमबार विद्यार्थी र शिक्षकहरुले पाटन बजार क्षेत्रमा मात्रै आन्दोलन गरेकोमा मंगलबार जिल्लाका बिभिन्न ठाउँहरुमा आन्दोलन चर्काइएको थियो । आज दिनैभर दशरथचन्द राजमार्ग अबरुद्ध पारिएको थियो । भोली पनि बिहान ६ बजेदेखि नै राजमार्ग अबरुद्ध पारिनुका साथै विद्यालय समेत  बन्द गर्ने घोषणा गरेका छन्।ठोस अनुसन्धान नभएसम्म आन्दोलन समेत जारी राख्ने बताएका छन्।

मंगलबार बैतडीको सत्बाज, सिउडे, ठाण, पाटन बजार र खोडपे बजारमा आन्दोलन गरिएको थियो । खोडपे बजारमा एक घण्टा मात्रै बन्द रहेकोमा पाटनमा दिनैभर राजमार्ग अबरुद्ध पारिएको थियो ।

भोली बिहान ६ बजेसम्मका लागि राजमार्ग खुलाइएको छ । यसैगरी न्याको माग गर्दै आन्दोलनमा रहेका सबैलाई सहयोग गर्न समेत सम्पुर्ण विद्यार्थी तथा शिक्षक र अविभावकहरुलाई आग्रह समेत गरिएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page