Vutla
Laxmibhuwan sun chadi

प्रदेशमै उत्कृष्ट बन्यो जिल्ला अस्पताल बैतडी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्सिच्युटले गरेको संयुक्त अनुगमनमा जिल्ला अस्पताल बैतडी सेवा प्रदानको हिसाबले प्रदेशकै उत्कृष्ट देखिएको हो । जिल्ला अस्पातलले ८९ प्रतिशत अंक ल्याएर पहिलो नम्बरमा रहेको हो ।

अस्पतालले प्रदान गर्ने सेवा, अस्पताल भित्रका प्राविधिक सुबिधा, भौतिक व्यवस्थापनर जनसक्ति लगायतका सुचकका आधारमा अंक प्रदान गर्ने गरिन्छ ।

जिल्ला अस्पताल बैतडीमा ४ जना मेडिकल अधिकृत, १ हाड जोर्नी बिशेषज्ञ, एक जना एमडीजीपी, एक जना एनेस्थेसियोलोजिस्ट र एक जना डेन्टल सर्जज गरी ८ जनाले सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेश क्षेष्ठले जानकारी दिए । ‘अहिले नयाँ भवनबाट सेवा दिइरहेका छौँ, केहि उपकरणहरु पनि थपिएका छन्, सवा सुबिधा पनि थपिएको भएर यो उपलब्धी हासिल भएको हो,’ डा. श्रेष्ठले भने ।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला अस्पतालमा न्युनतम देखि विशिष्ट चिकित्सकीय सेवा प्रदान भइरहेको उनले बताए । नयाँ भवनबाट सेवा प्रदान भएदेखि आइसीयुसहित ५० शैयाको भवन संरचनाबाट सेवा प्रदान भइरहेको छ

स–साना समस्या पर्दा समेत भारतको पिथौरागढ जाने यहाका बिरामहरु अहिले जिल्ला अस्पतालबाटै सेवा प्राप्त दंग छन् । ‘हात भाचिएको अवस्था र दाँत दुखेको अवस्थामा समेत हामि पिथौरागढ जान्थ्यौँ, अहिले सानो समस्या देखि जटिल खालका रोगहरुको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ, खुसी लाग्यो,’ सेवाग्राही निर्मला टेरले भनिन् ।

यसैगरी स्वास्थ्य सेवाका हिसाबले बैतडीको पुर्चाैडी नगरपालिका जिल्लाकै उत्कृष्ट रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य प्रगति सूचकको आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा रहेको हो ।

स्वास्थ्यको बजेटको अवस्था, तथ्याङ्क अध्यावधिकको कार्य, समय समयमा रिर्पाेटिङ् गरिएको, स्वास्थ्य सस्थाहरुले बिभिन्न कार्यालयहरुमा भइरहने समुन्वय आदि सुचकका आधारमा पुर्चाैडी नगरपालिका पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । स्वास्थ्य निर्देशनालयको वार्षीक कार्यक्रम अनुरुप जिल्लालाई उत्कृष्ट पालिका छनौट गर्न जिल्लालाई जिम्मेवारी दिने गर्दछ । निर्देशनालयले दिएको सूचकको आधारमा पुर्चाैडी पहिलो नम्बरमा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page