Vutla
Laxmibhuwan sun chadi

बैतडीमा श्रीमान–श्रीमतीबाटै शिक्षकको हत्या, सार्वजनिक गर्ने तयारीमा प्रहरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-। बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको हत्यामा श्रीमान–श्रीमती मुछिएका छन् र उनीहरुलाई बिहीबार सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

स्रोतकाअनुसार पुष २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेलको पछाडी मृत भेटिएका विष्टको हत्या आरोपमा पक्राउ परेका दुवै जना अभियुक्तले प्रहरी समक्ष अभियोग स्वीकार गरेका छन् ।

जय भगवति मेलौली सुनचाँदी

‘घटना भएको राति विष्टले मेरो श्रीमतीलाई बोलाएपछि कोठाबाट बाहिर आएकी थिइन् । के रहेछ भनेर म पनि उनीसँगै आउदा…..देखेपछि मैले मुक्का प्रहार गरेको हुँ,’ बयानमा अभियुक्तले भनेका छन्, ‘सोही क्रममा ढलेर उहाँको मृत्यु भयो ।’ प्रहरी स्रोतकाअनुसार विष्टको मृत्यु भएपछि लडेको देखाउने उद्देश्यले शव क्याम्पसको होस्टेल नजिकै फालेको उनीहरुले स्वीकार गरेका छन् ।

ती युवती कृष्ण माध्यमिक विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययन गर्दै आएको बुझिएको छ । उनी क्याम्पसकै होस्टेलमा बसेर अध्ययन गर्ने गरेकोमा घटना भएको दिन श्रीमान पनि उनीसँगै थिए । मृतक शिक्षक विष्ट पनि सोही क्याम्पसमा पढाउदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउदै प्रतिक्षा गर्न आग्रह गरेका छन् । प्रहरीले घटनाको अनुसन्धानका लागि चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page