Vutla
Laxmibhuwan sun chadi

शिक्षक बिष्टको हत्याका अभियुक्त सार्वजनिक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन मार्फत आज हत्याका अभियुक्त पुर्चौंडी नगरपालिका ३ न्वादेउका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन् ।
पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अभद्र व्यवहार गरेको र त्यसको झोकमा प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाएको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो ।
छात्रबासमै हत्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर  फालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।  अभियुक्तमाथि  मुलुकी संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अन्तर्गत मुद्धा शीर्षक बिहीबार   जिल्ला अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान बढाइएको प्रहरी नायव निरीक्षक शाहीले बताउनुभयो   । अभियुक्त बिमला र  प्रजा दुवै जना श्रीमान–श्रीमति हुन् । बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् ।
शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोली समेत आएको थियो । शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन समेत गरेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page