



बैतडी -बैतडीको मेलौली नगरपालिका १ र ७ का स्थानीयहरुले शुक्रबार पनि नाराबाजी गरेका छन् । दुबै पक्षले नाराबाजी सहित मेलौली पञ्चेश्वर सडक अबरुद्ध पारेका छन् । दुबैपक्षले सडकमा टाइर बालेर सडक अबरुद्ध पारेका हुन् ।
दुबै पक्षले आ आफ्नै वडामा अस्पताल बन्नुपर्ने माग राख्दै निरन्तर आन्दोलन गरीरहेका छन् । बिगत केहिदिनदेखि अस्पताल निर्माणको बिषय उत्कर्षमा पुगेको छ ।
यहि बिषयमा वडा नं १ का जनप्रतिनिधि सहित स्थानीयहरुले सोमबार नगरपालिकालाई ज्ञापनपत्र दिएका थिए । त्यसैको भोलीपल्ट वडा नं ७ बासीले पनि केशरपुर स्वास्थ्य केन्द्रलाई नै स्तरोन्नतीसहित १५ शैयाको अस्पताल निर्माण गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरेका थिए । नगरपालिकाले प्रशासनको रहोबरमा ताला खोलेपछि बिहिबार दुबैपक्षबीच झडप समेत भएको थियो। उक्त झडपमा परी करिब ३ दर्जनबढि घाइते भएको प्रहरीले जनाएको थियो ।
आजसम्म पनि तालाबन्दी कायमै रहेको छ ।




