


बैतडी-।भोलि र पर्सी गरी २ दिन सार्वजनिक विदा हुने भएको छ।
सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

भोलि शनिबार बिदा नै हुने भए पनि आइतबार पनि बिदा भएपछि लगातार २ दिन सार्वजनिक विदा परेको हो ।
पुस १० गते आइतबार सबै सरकारी कार्यलय र शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।




