Vutla
Laxmibhuwan sun chadi

आरजु देउवा र बालकृष्ण खाँणले अरबौँको चलखेल गरेको महेश बस्नेतको आरोप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् । आरजु र खाँणहरुले निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठुला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६÷७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए । उनले भने, ‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठुला–ठुला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस्, यी तमाम सन्दर्भमा अरबौँ पैसाको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाँणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलेमतोमा तपाईँहरुलाई ठेक्कालगायत दिन्छौँ भनेर ६÷७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहिँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विशेष गरेर भन्सार भएका जिल्लाहरूमा सिडिओ, एसपीहरू सबै सुरुवाहरू सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरू सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरू आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो । जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भइरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चुनौती थपिदिएर उहाँहरू जानुभयो ।’ उनले यसअघिको सरकारप्रति व्यङ्ग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिडङ नेपाल’ भएको टिप्पणी गरे । बस्नेतले आफूले त्यतिकै यो विषय नउठाएको भन्दै छानबिन गर्न अहिलेको सरकारसमक्ष माग गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page