


बैतडी,
जिल्ला प्रशासन कार्यालय बैतडीले क्रसर उद्योगहरुलाई कानूनसम्मत सञ्चालन गर्न भनेको छ । कानुन विपरित दर्ता नगरी सञ्चालनमा रहेका उद्योगहरु बन्द गर्न भनेको छ भने दर्ता भएका उद्योगहरुलाई नविकरण गर्न छुटेको भए दर्ता गर्न भनेको हो ।

ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तथा निर्माण व्यासायीहरुले कानुन सम्मत सञ्चालन गर्न भनेको हो । नविकरण तथा दर्ता नभएका उद्योग तथा क्रसरहरु बन्द गर्न भनेको छ । यदि नियमसंगत दर्ता तथा नविकरण नभएका उद्योगहरु बन्द गर्न समेत भनेको छ ।
सूचनाको उल्लङ्घन गरेको पाइएमा कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिइएको छ ।




