


बैतडी -दोगडाकेदार गाउँपालिकाले ७५ प्रतिशतअनुदानमा किसानहरुलार्ई हिउँदे फलफुलका बिरुवा वितरण गर्ने भएकाो छ । अनुदानमा हिउँदे फलफुलका बिरुवा लगाउन चाहने किसानले २५ प्रतिशत लगानी कृषकले लगाउनु पर्नेछ ।बिरुवा लगाउन चाहने किसान, कृषि समूह र फर्मलाई गाउँपालिकामा आफूलाई चाहिने बिरुवा संख्या उल्लेख गर्नुका साथै नेपाली नागरीकताको फोटो कपि सहित पौष ३० गतेभित्र आवेदन दिन गाउँपालिकाले आग्रह समेत गरेको छ ।





