



बैतडी -बैतडीमा बलात्कारको अरोमा एक पुरुष पक्राउ परेका हुन् । पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षिय एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हुन् ।
२३ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा ती ५२ वर्षीय पुरुष पक्राउ परेका हुन् । उनलाई बिहिबार पक्राउ गरिएको र शुक्रबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । पिडित महिलाको पनि परिचय खुल्न सक्ने भएकाले आरोपीत पुरुषको परिचय खोल्न नमिल्ने प्रहरीले जनाएको छ । बलात्कार गरी गर्भ बसेको र आरोपीत पुरुषले महिलालाई गर्भपतन गराउन दबाब दिएको पनि खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




