



बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका ३ को वडा कार्यालय नजिक करिब ३ बजेको समयमा जिप दुर्घटना भएको हो । पुर्चाैडी ३ बत्थीबाट हाटतर्फ जादै गरेको सुप प्र ०४ ००१ च ००६१ नं जिप पुर्चाैडी ३ बत्थी नजिकै दुर्घटना हुदा एक जना घाइते भएका छन् ।
जिप साहु समेत रहेका पुर्चाैडी ३ का ४५ वर्षीय हर्क बोहरा घाइते भएका छन् । उनको टाउको र खुट्टामा चोट लागेको छ । उपचारका लागि उनलाई पुरघाट स्वास्थ्य चौकी लगिएको छ ।
यसैगरी चालक समेत रहेका २५ वर्षीय असोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।




