


काठमाडौं, काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ ।

यती एयरलाइन्सका अनुसार ६८ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनामा परेको छ ।थप विवरण प्राप्त हुन सकेको छैन । स्थानीयहरुले दुर्घटनाक्षेत्रमा आगो लागिरहेको बताएका छन् ।
पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो । दुर्घटना भएको पाँच मिनेटपछि आगो लागेको थियो ।




