



बैतडी -बैतडीमा लागुऔषध चरेश सहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका १ हटैराज गुर्केलीका २५ बर्षीय दीपक चन्द लागुऔषध चरेश सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनले सञ्चालन गर्दै आएको पसल र घरमा खोजतास गर्दा १ सय ९९ ग्राम चरेश सहित सोमबार पक्राउ गरिएको उनले जानकारी दिए । अदालतबाट म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बैतडीले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । यसअघि दशरथचन्द नगरपालिका ८ त्रिपुराबाट २८० ग्राम चरेशसहित ५० बर्षिय नारायण सिह थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




