Vutla
Laxmibhuwan sun chadi

समयमै चुनावी खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना तिर्नु नपर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका र उम्मेदवार बनेकाहरूले समयमै चुनावी खर्च नबुझाएकोमा तत्काल जरिवाना तिर्नु नपर्ने भएको छ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले बुधबार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

जय भगवति मेलौली सुनचाँदी

आयोगले निर्वाचन परिणाम आएको ३० दिनसम्म चुनावी खर्च नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो। आयोगको निर्णयमा फागुन मसान्तसम्म जरिवाना नतिरे स्वत: पद खारेज हुने उल्लेख थियो।

आयोगको त्यस्तो निर्णयले स्थानीय तहका विभिन्न पदमा निर्वाचित तथा उम्मेदवार भएका व्यक्तिहरूको भावी निर्वाचनमा सहभागी हुने योग्यता र निर्वाचन स्वतः बदर हुँदा जननिर्वाचित संस्थाहरु एवं प्रकारान्तरले प्रतिनिधित्वमूलक लोकतन्त्रमा समेत पर्न जाने देशव्यापी गम्भीर प्रतिकुल प्रभाव समेतलाई दृष्टिगत गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

आयोगले भदौ ३१ गते १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page