Vutlaxapu
Laxmibhuwan sun chadi

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी। गृह जिल्ला बैतडीमा,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी ,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन। भर्खरै प्राप्त जानकारि अनुसार मन्त्री भण्डारी आजै बैतडी पुग्ने भएका हुन। दसरथ चन्द नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्ड समापन कार्यक्रममा प्रमुखअतिथिको रुपमा रहने कार्यक्रम रहेको स्वकिय सचिव लोकेन्द्र भण्डारीले दिए। यस्तै फागुन ७ गते आइतबार बिहान ११ बजे प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण कार्यालय प्रमुखहरु संग संग जिल्लाको समग्र जानकारी लिने साथै चालुआर्थिक वर्षको बिकाश निर्माणबारे जानकारी लिने कार्यक्रम रहेको छ। यस्तै बैतडीको गढिस्थित एमाले पार्टी कार्यालयमा  जनप्रतिनिधि, बुद्दिजिबी सहित बिभिन्न पार्टीका नेता कार्यकर्ताहरुसंग भेटघाट, पत्रकारहरु संग भेटघाट कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। मन्त्री भण्डारी बैतडीको विभिन्न क्षेत्रको अवलोकन गरि फर्किने कार्यक्रम रहेको बुझिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page