



बैतडी-भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ । शनिवार बिहान साढे १० बजे जिल्लाको दशरथचन्द नगरपालिका ४ का अन्दाजी ४३ बर्षिय धनि चन्दको सोही वडाको भिटेजर्ग सलहाल्ने बाटोबाट लडेर घटना स्थलमा मृत्यु भएको हो ।
उक्त स्थानबाट लडेर ५ सय मिटर तल खसेर घटना स्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक एवं लोकराज जोशीले जानकारी दिए । घटना स्थलको कार्य गरी जिल्ला अस्पताल बैतडीमा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाइ सकेको प्रहरीले जनाएको छ ।




