Vutla
Laxmibhuwan sun chadi

बैतडीका १० स्थानीय तहमध्ये कार्यसम्पदान मुल्याङ्कनमा दोगडाकेदार पहिलो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,
नियमित कार्यसम्पादन सुचक मुल्याङ्कनमा बैतडीका १० स्थानीयतह मध्ये दोगडाकेदार गाउँपालिकामा अग्रस्तानमा रहेकाे छ । जिल्लाको हकमा डिलासैनी गाउँपालिका पुछारमा रहेको छ । दोगडाकेदार गाउँपालिकाले ६४.३९ अंक प्राप्त गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

दशरथचन्द नगरपालिकाले ६२.११, पाटन नगरपालिकाले ५८.५५, शिवनाथ गाउँपालिकाले ५८, पुर्चाैडी नगरपालिकाले ५६.९५, सिगास गाउँपालिकाले ५६.६५ अंक सुर्नया गाउँपालिकाले ५०.३०, पञ्चेश्वर गाउापालिकाले ५०, मेलौली नगरपालिकाले ४८.१ र डिलासैनी गाउँपालिकाले ४६.८१ अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले प्रकाशन गरेको कार्यसम्पादन मुल्याङ्कनमा उल्लेख गरिएको छ ।

लेखा परिक्षण, बेरुजुको अवस्था, स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधार लागु गरी सशर्त प्रदान गरेनगरेको, खर्च विवरण बिनियोजन प्रक्रिया, कार्यसम्पदन सुचक सम्बन्धी तोकिएको अवधिमा प्रविष्ट गरेनगरेको लगायतका करिब ११ वटा सुचकमा गरिएको मुल्याङ्कनका आधारमा स्थानीय तहहरुलाई अंक प्रदान गरिने गरिएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page