


बैतडी -नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले नेपाल–भारत सिमानदी महाकालीमा पक्की पुल निर्माण गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।प्रेस चौतारी नेपाल बैतडीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री भण्डारीले आफ्नो भारतीय राजदुत नविन श्रीवास्तव संग भएको भेटमा समेत उक्त कुरा उठाएकोमा भारतीय पक्ष सकारात्मक रहेको बताए ।

उनले सुदुरपश्चिम संग जोडिएका महाकाली नदिका ८ ठाउँमा मोटरेवल पुल बनाउन सरकारले पहल थालेको बताए ।
यसैगरी पाटन स्थीत विमानस्थल नियमीत सञ्चालनका लागि आफ्नो पहल कदमी जारी रहेको उनको भनाई छ । अहिले सरकारी बिमान कम भएकोमा खरिद गर्ने र निजी क्षेत्र संग भएका बिमान सञ्चालनको पहल भैरहेको बताए ।
सरकारको स्थायीत्वका बिषयमा प्रश्न उठेको र नेपाली कांग्रेसले राष्टीय सहमतीका नाममा सक्त कव्जा गर्न खोजेको सन्दर्भमा मन्त्री भण्डारीले विकास, सम्वृद्धि र व्यापार घाटाको अन्त्य गर्न राष्टीय सहमती खोजिने बताए । उनले सत्तामा जानका लागि नभई देशको सम्बृद्धिका लागि राष्ट्रिय सहमती खोज्नु जरुरी रहेको बताए ।
मंसिर ४को निर्वाचन पछि प्राप्त जनमतका आधारमा वर्तमान सरकार निर्माण भएकाले उक्त जनमतको कदर गर्दै काम गर्न दिन कांग्रेसलाई आग्रह गरे ।




