Vutlaxapu
Laxmibhuwan sun chadi

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

फागुन १३ राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं’, बैठकपछि उनले भने । साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको उनले बताए।राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page