



बैतडी,
बैतडीको पाटनमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीले जितेको छ । १३ स्वर्ण, ६ रजत, ५ कास्यसहित २४ पदक हात पार्दे प्रतियोगिताको शिल्ड कब्जा गरेको हो ।
पाटन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ८ कास्यसहित २१ पदक हात पार्दै दितिय भएको छ ।
५ स्वर्ण, ४ रजत, ३ कास्यसहित १२ पदक हात पार्दै तृतिय स्थान डिलासैनी गाउँपालिकाले हासिल गरेको हो ।
पुर्चाैडी नगरपालिका ५ स्वर्ण ३ रजत, २ कास्यगरी १० पदक हासिल गरेको छ । दशरथचन्द नगरपालिकाले २ स्वर्ण ७ रजत, ५ कास्यसहित १४ पदक जितेको छ । सिगास गाउँवपालिकाले २ स्वर्ण, २ रजत गरी ४ पदक जितेको छ ।
शिवनाथ गाउँपालिकाले १ स्वर्ण ४ रजत, ५ कास्यसहित १० पदक जितेको छ । पञ्चेश्वर गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कास्य सहित ५ पदक जितेको छ । दोगडाकेदार गाउँपालिकाले १ स्वर्ण र १ कास्य हात पारेको छ भने सुर्नया गाउँपालिकाले २ कास्य पदक हात पारेको छ ।
छात्रतर्फ भलिबल डिलासैनी गाउँपालिकाले जितेको छ भने दितिय सिगास गाउापालिका भएको छ । तृतिय पञ्चेश्वर गाउँपालिका भएको छ ।
छात्रातर्फ शिवनाथ गाउँपालिका प्रथम भएको छ भने दितिय पञ्चेश्वर गाउँपालिका भएको छ । त्रितिय स्थान पाटन नगरपालिकाले हात पारेको छ ।
१२ गतेदखि पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४गते आइतबार सम्पन्न भएको हो ।




