Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा बुडाल मृत्यु प्रकरणः १२ जनाको नाममा किटानी जाहेरी, शव बुझ्न मानेनन्

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बनभोज मनाउन गएका बेला मृत फेला परेका दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडालका आफन्ले शव नबुझ्ने अडान लिएका छन् । शनिबार दशरथगचन्द नगरपालिका ६ स्थित चौलानी नदीमा बुडाल मृत फेला परेका थिए । घटनाको ठोस अनुसन्धान नभएसम्म शव नबुझ्ने अडान लिएका हुन् । मृतक बुडालकी श्रीमतीले पिकनिक बनाउन बुडालसँगै गएका अन्य १२ जनाको नाममा किटानी जाहेरी समेत दिएकी छन् । घटनाको ठोस अनुसन्धान हुनुपर्ने  माग राख्दै किटानी जाहेरी दिएको र शव समेत नबुझ्ने अडान लिएको मृतकका आफन्त(भिनाजु) प्रकाश बोहराले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

शव जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ । पोष्टमाटम भइसकेको र रिर्पाेट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको उनले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page