



बैतडी -बैतडीको पञ्चेश्वर गाउँ पालिकामा बिगत ८ महिनादेखि सामाजिक सुरक्षाभत्ता तथा बालपोषण भत्ता बितरण हुनसकेको छैन। बैङ्कको चरम लापरवाहीका कारण बितरण हुन नसकेको बुझिएको छ। गाउँपालिकाबाट प्रतेक ३ महिनामा निकासा हुनेगरेको जानकारि पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले दिए। गाउँपालिकाको धेरैजसो वडाहरु बैङ्कबाट धेरैटाढा रहेका र पालिकाले गाउँघरमै बितरण गर्ने योजना बनाउदा समेत बैङ्कले आनाकानी गरिरहेको पञ्चेश्वर गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष जनक चन्दले बताए ।
सामाजिक सुरक्षा भत्ता र पोषणभत्ता बितरणका बिषयमा गांउ पालिकाले पटकपटक ताकेता गर्दा समेत चासो नदेखाएको र पटकपटक ध्यानाकर्षण गराउदा समेत अटेरि गरे बैङ्कसंगको सम्झौतानै खारेज गर्न कदम चाल्नुपर्ने गाउँ पालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए। सम्बन्धित बिषयमा बैङ्क मेनेजर सत्यमान तामाङ संग बुझ्दा भगौलिक हिसाबले टाढा रहेका वार्डहरुमा केहिदिन भित्र जनप्रतिनिधिहरुको सहमतिमा बितरण प्रकृया थालिने बताए। गांउपालिकाको वडा नं ३ कुलांउमा नबिल बैंकको साखा रहेको छ।




