Vutla
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसको १०औँ बार्षिकोत्सव सांस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीको दोगडाकेदार गाउँपालिका वडा न.३ स्थीत श्रीकोट बहुमुखी क्याम्पसको १०औँ वार्षिकोत्सव समारोह विभिद सांस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको छ ।

क्याम्पस संचालक समिती अध्यक्ष जयदेव जोशीको अध्यक्षतामा आयाृजना भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथी रहेका थिए ।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष कार्कीले क्याम्पसको विकासका लागि गाउँपालिकाले विगतदेखी भुमिका खेल्दै आएको बताए । उनले विगतका बर्षहरुमा पनि भौतिक पुर्वाधार निर्माण देखी क्याम्पसको शैक्षीक विकासमा सहयोग गर्दै आएको बताए । उनले आगामी दिनमा गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने बताए ।

उनले भने,‘कोहि विद्यार्थी आर्थिक अभावका कारण पढाई छोड्नुपर्ने अवस्थामा आउँछ भने हामी त्यस्ता विद्यार्थीलाई आर्थिक सहयोग गर्नेछौँ । पढाईबाट कसैले बन्चीत हुन नपरोस भन्ने आधारमा गाउँपालिकाले काम गरिरहेका छौँ । आगामी दिनमा १सय छात्रा र १सय छात्रहरुलाई अलग्गै बस्ने होस्टेल बनाउनका लागि स्रोतको व्यवस्था गछौँ ।’ उनले श्रीकोट बहुमुखी क्याम्पसलाई नमूना शैक्षीक केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष कार्कीले सबै नागरिक शिक्षीत हुनुुपर्नेमा जोड दिए । उनले शिक्षीत व्यक्तिले समाजलाई समेत शिक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको बताए । मेरो गाउँ म बनाउछुँ भन्ने भावनाले सबै शिक्षीत व्यक्तिहरुले प्रस्तुत हुनुपर्ने कार्कीको भनाई छ । आफु दोश्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष बन्नुमा सबै मतदाताको सहयोग रहेको बताए । आफुलाई जिताउने मतदाताहरुका अगाडी सन्तोशजनक काम गरेर देखाएपछि मात्रै मतको कदर हुने बताए ।

अहिले आफुले नेतृत्व गरेको दोगडाकेदार गाउँपालिका कार्य सम्पादनमा जिल्लाकै पहिलो भएको स्मरण गराउदैँ कार्कीले अहिले ६५ नम्बर आएको भएपनि ८० नम्बर ल्याउन जरुरी रहेको बताए । आफुहरुको प्रयास गाउँपालिकालाई प्रदेश र देशकै १नम्बरमा ल्याउने रहेको बताए । विकास निर्माण कार्यमा कसैले विरोध गर्नु नहुने उनको भनाई छ ।वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख दानसिंह कार्कीले १करोड २५लाख ८१ हजार रकम बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page