



बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । कैलाली घर भएका अन्दाजी ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीको क्रममा एक्कासी बाहोस भएर बिरामी परी निधन भएको हो । ‘आज दिउसो ड्युटीको क्रममा एक्कासी बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा डाक्टरले मृत्यु घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।




