Vutla
Laxmibhuwan sun chadi

पाटन नगरपालिकाको मन्त्रालयमा बिन्ति : नयाँ हाकिमलाई नपठाउनुहोस, पुरानैलाई निरन्तरता दिनुहोस्

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको पाटन नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका लक्ष्मीदत्त भट्टलाई नै निरन्तरता दिन मन्त्रालयसमक्ष आग्रह गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि फागुन १७ गते पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सचिव ओम प्रकाश पाण्डेयलाई खटाउने निर्णय गरेको थियो । नगरपालिकाले भने पुरानै प्रमुख प्रशासकीय अधिकृत भट्टलाई नै निरन्तरा दिन भन्दै पत्र पठाएको छ । नगरपालिकाले मन्त्रालयमा पेस गरेको पत्रमा चालु आर्थिक वर्षमा गनुपर्ने कामका विषयमा भट्ट अनुभवी समेत रहेको ठहर गर्दै भट्टलाई निरन्तरता दिन आग्रह गरेको छ । नगर प्रमुख गौरी सिंह रावलले नयाँ कार्यालय प्रमुखको रुपमा आउन लाग्नु भएका सचिव पाण्डेसँग समन्वय गरेर नै पुरानै हाकिमलाई निरन्तरता दिन आग्रह गरिएका बताए । ‘नयाँ आउन भनिएका सरसँग समन्वय भएको हो, त्यसपछि हामिले यो पत्र पठायौँ,’ उनले भने ।

तर नगर उपप्रमुखले यस विषयमा फरक मत राखे । नगर उपप्रमुख कमल सिंह बोहराले भने पहिलो पटक सचिवस्तरको कर्मचारी आउदा सुखद पक्ष रहेको बताए । ‘नगर प्रमुख ज्यूले किन पुरानै कार्यालय प्रमुखलाई निरन्तरता दिन खोजको हुन्? किन यो पत्र मन्त्रालयमा पठाए उहालाई थाहा होला, मलाई थाहा भएन, तर पहिलो पटक सचिवस्तरका कर्मचारी आउदा राम्रो हुन्थ्यो,’ उनले भने ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page