



बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं १ रिम स्थायी घर भई हाल भारतको नयाँ दिल्ली स्थित हरियाणामा रोजगारि गर्दै आएका खेम बहादुर कार्कीको शुक्रबार राति रहस्यमय मृत्यु भएको खबर प्राप्त भएको छ।कार्कि कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन्। कार्किकी चार महिने छोरिसहित श्रीमती वेपत्ता भएको दुइसाता बित्नैलाग्दा अझैसम्म पत्ता नलागेको उनका आफन्तले बताएका छन्। छोरि सहित महिला वेपत्ता हुनु र श्रीमानको पनि मृत्यु रहस्यमय भएको आफन्त प्रेम कार्किले बताए । खेम बहादुर कार्कीकी २२ वर्षिय श्रीमती इस्वरी बोहरा र ४ महिने छोरि कांजल कार्कि बेपत्ता भएकाे दुइ साता बित्नैलागेको छ। घटनाको थप अनुसन्धान भइरहेको आफन्तले बताएका छन्।




