Vutlaxapu
Laxmibhuwan sun chadi

अन्तर्राष्ट्रिय नारी दिवसः दोगडाकेदारमा बाजागाजासहित सहितको र्‍याली प्रर्दशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिकामा पनि वृहत र्‍याली प्रर्दशन गरी मनाएको छ । र्‍याली खोचेलेक बजार देखि लिएर गाँउपालिका भवन सम्म पुगेर कोणसभामा परिणत भएको थियो।

दोगडाकेदार गाउँपालिका अन्तरगर्तको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र गाउँपालिका उपाध्यक्ष पार्वती कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कि प्रमुख अतिथि रहनुभएको थियो।

जय भगवति मेलौली सुनचाँदी

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले हरेक कुरामा महिलाको पहुँच हुन अत्यावश्यक भएको बताए । उनले हरेक क्षेत्रमा महिलाले गुणस्तर शिक्षा, स्वास्थ्य नपाएको कारण पछि हट्नु परेकोले अबको दिनमा हरेक क्षेत्र सघंसस्थामा महिलाको उपस्थिति र अग्रसर भुमिका हुनुपर्ने अध्यक्ष कार्किको भनाइ रहेको थियो। यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष पार्वती कार्किले महिलाको हक र अधिकारका निम्ति आफु सधैं डटेर लाग्ने बताइन।

उनले महिलाको हक अधिकार सुनिश्चित गर्नका निम्ति महिलामाथि हुने हिङ्सा, अन्य गर्न समान आवाज उठ्नुपर्नेमा जोड दिइन। कार्यक्रम बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको थियो।

कार्यक्रमको बैतडीबुलेटीनले प्रतक्ष्य प्रसारण गरेको थियो।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page