Vutla
Laxmibhuwan sun chadi

श्रीएअरलाइन्सका सबै विमानको उडानमा रोक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

फागुन २६ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

क्यानले एअरलाइन्सलाई जहाजको इञ्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले विगतमा श्री एअरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयो । क्यानका प्राविधिकले जहाजको इञ्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउने उहाँले बताउनुभयो ।

प्राधिकरणको यो निर्णयपछि श्री एअरलाइन्सका जहाजले कुनै पनि उडान भर्न  पाएका छैनन् । हिजो काठमाण्डाैबाट भैरहवाका लागि उडान भरेको नाइन एन–एएनआर जहाजको इञ्जिनमा आगो लागेको सङ्केत देखिए पछि काठमाण्डौ फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page