



बैतडीसहित सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ । चैत महिनामा यहाँ दाजुभाईले दीदिबहिनीलाई भेट्ने गरेका छन् । चैत १ गतेदेखि यो पर्व सुरु हुन्छ । चैत महिनाको अवधिमा बिहे भइसकेकी छोरीचेलीलाई माइतीको तर्फबाट दाजुभाइले भेट्ने चलनलाई भिटौलो पर्व भनिन्छ ।
भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । आजदेखि चेलीबेटीलाई भेट्ने दिन शुरु हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।




