


बैतडी -बैतडीमा दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । स्थानीयस्तरमा पाइने सालका पात प्रयोग गरी फरक फरक किसिमका दुनाटपरी उत्पादन गरिने गरिएको हो ।

बैतडीको दशरथचन्द नगरपालिका–६का महिलाहरु दुनाटपरी उत्पादन गर्ने गरेका छन् । साजेदारी निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राबिधिक सहयोगमा दुनाटपरी उद्योग सञ्चालनमा आएको हो । ग्रामिण क्षेत्रमा पाइने सालका पातहरुबाट ३ किसिमका दुना र टपरी उत्पदान गर्ने गरिएको छ । यहाँ उत्पदान गरिएका दुना र टपरीहरु बिक्रि गर्न समेत सुरु गरिएको सन्तु भारतीले बताइन् ।
यहाँका दुना तथा टपरी बिवाह, ब्रतबन्ध तथा सामुहिक भोजमा प्रयोग हुने गरेका छन् । स्थानीय सरकारबाट बजारीकरणमा सहयोग भएको अवस्थामा उत्पदकत्वमा बृद्धि गराई व्यावसाय विस्तार गर्न सकिने उद्यमी भागरथी जोशीले बताइन् ।
बिवाह, ब्रतबन्ध, पुजापाठ, सामुहिक भोजमा प्रयोग हुने प्लाष्टिकजन्य भाकाकुडाको प्रयोगले वातावरणमा प्रतिकुल असर पार्ने गर्दछ । यहाँ उत्पदान भएको दुना तथा टपरीहरु वातावरणमैत्री छन् । आफ्नै गाउँ वरपर रहेका सालका पातहरु प्रयोग गरी व्यावसाय सुरु गरिएको छ भने यसबाट महिलाहरुलाई आर्थिक उर्पाजनसँग पनि जोडेको छ ।




