


दार्चुला -दार्चुलाको ब्याँस गाउँपालिकामा विगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाका सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा (वृद्ध) भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट वञ्चित हुनुका साथै विकास निर्माणका सम्पूर्ण काम तथा गतिविधि पूर्णरूपमा ठप्प छन् ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेको र मन्त्रालयबाट साखाअधिकृत अच्युत अर्याल पठाउदा समेत ब्यक्तिगत समस्या देखाएर आउन नमानेको र उल्टै नंया ब्यवस्था गर्छौ भन्ने अभिव्यक्ति दिएको बताए।
प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक खर्चसमेत रोकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिने सबै खाले भत्ता , कर्मचारीको तलब भुक्तानी हुन समस्या पर्ने देखिएको छ। गाउँ पालिकाका दिर्घरोगीहरुलाइ भुक्तानी दिन समेत समस्या भइरहेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामिले बताए।

योजना सम्झौता गर्दा अनुमानित लागत तयार गरी पेश्की दिनुपर्ने हुन्छ । पेश्की दिन प्रमुख प्रशासकीय अधिकृत नभई मिल्दैन । गाउँपालिकामा विगत १ महिनादेखि लेखाको सबै काम रोकिएको उनले सुनाए ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँलिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार पूर्णरूपमा ठप्प छ । कार्यालयको काममा ढिलाइ हुँदा गाउँपालिकाका सर्वसाधारण मारमा परेका छन् ।




