Vutla
Laxmibhuwan sun chadi

आज चट्याङसहित वर्षाको सम्भावना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-पश्चिमी वायुको प्रभावले आज देशका केही भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल ताथ मौसम विज्ञान विभागका अनुसार आज देशभर स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हावा हुरी चल्ने र हल्कादेखि मध्यम वर्षा हुने विभागको आकलन छ।त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र बागमती प्रदेशको तराईको भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page