


बैतडी -बैतडीमा पनि त्रिबि मातहतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको लागि मतदान भइरहेको छ ।

श्रीकोट बहुमुखी दोगडाकेदार, सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, नवप्रभात बहुमुखी क्याम्पस पञ्चेश्वर र पुर्चाैडी बहुमुखी क्याम्पसमा मतदान भइरहेको हो ।
बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । अप्रान्ह ४ बजे मतदान सम्पन्न हुने छ । त्यसपछि आवस्यक प्रक्रिया पुरा गरी मत गणना थालिने छ । आजै नतिजा प्रकाशन हुने समेत बताइएको छ ।




