Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा स्ववियु चुनाव: सिगासमा स्थगीत, साहिलेकमा तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -चैतमा हुने त्रि.वि. अन्तरगतका क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी बैतडीमा पनि भैरहेको छ ।

सु.प.का सहित गरेर जिल्लाका ७ ओटा क्याम्पसमा चुनावको तयारी सन्तोषजनक रुपले अघि बढीरहँदा शिक्षा क्याम्पस सिगास र बैतडी शिक्षा क्याम्पस साहिलेकमा भने विवाद देखिन्छ ।

 

जय भगवति मेलौली सुनचाँदी

बैतडी शिक्षा क्याम्पस साहिलेकमा नेपाल विद्यार्थी संघबाट चुनाव लडेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि नेवि संघ आन्दोलित भएको देखिन्छ ।

 

उम्मेदवारी फिर्ता लिनुुमा क्याम्पस प्रशासन र अन्य संगठनले प्रभावीत गरेको नेवि संघको आरोप छ । तर प्यानल सहित उम्मेदवारी दर्ता गराएको अनेरास्ववियुले चुनाव हार्ने डरले नेविसंघले आन्दोलनको नाटक गरेको आरोप लगाएको छ । अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य सन्तोश रानाले भने,‘नेवि संघ आफु हार्ने ठाउँमा यस्तै बखेडा गर्छ । यसअघि पुर्चौडीमा संयुक्त अखिल संगठनहरुले तालमेल गर्दा नेविसंघले तालाबन्दी ग¥यो, अहिले साहिलेकमा त्यस्तै गरेको छ । सिगासमा अवैध रुपले उम्मेदवारी दर्ता गराएकाले अहिले चुनाव नै स्थगीत भयो ।’

 

जिल्लाको सिगास–२ गाँजरी स्थीत शिक्षा क्याम्पसमा २७ फागुनमा नेवि संघले मात्रै उम्मेदवारी दर्ता गराएको बताइएको थियो । तर अन्य संगठनहरुले चुनावी प्रकृयामा विरोध जनाएपछि चुनावी प्रकृयानै स्थगीत भएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page