


बैतडी -बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा साँझा उम्मेदवार विजयी भएका छन । माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबाट सभापतीमा साझा उम्मेदवार मोहन बोहरा(अखिल क्रान्तिकारी) विजयी भएका छन् । उनले १०२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेवि संघका मदन नाथले ६२ मत प्राप्त गरे ।

सचिवमा अनरास्ववियुका रमेश माल (११८) विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशी विजयी भएका छन् ।
सदस्यमा नेवि संघका गोकर्ण माल, अनेरास्ववियुका अर्चना साउँद, अनेरास्ववियुकी प्रमेश्वरी जोशी विजयी भएकी छन् ।




