Vutla
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयामा चुरापोते कार्यक्रममा अनियमित्ता भएको भन्दै छानबिनको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले पौष २४ देखि माघ ४ गते सम्म महिलाहरुको लागि सन्चालन गरेको १० दिने उपाध्यक्ष तथा कार्यपालिका सदस्य उधमसिल कार्यक्रम अन्तर्गत चुरापोते कार्यक्रममा अनियमित्ता भएको भन्दै छानबिनको माग गर्दै उजुरी परेको छ।सुर्नया महिला सन्जालकि कोषाध्यक्ष कलावती बिष्टले  गाउँपालिकामा छानबिनको माग सहित निवेदन दर्ता गराएकि छिन। महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले कार्यक्रम सन्चालन गरिएको र उक्त कार्यक्रम सन्तोषजनक नभएको बताए।गाउँपालिका उपाध्यक्षले महिला सञ्जालकि अध्यक्ष सरस्वती कुंवर समक्ष निवेदन फिर्ता लिन आग्रह गरेको र कार्यक्रम सम्पन्न पस्चात सार्वजनिक सुनुवाई गर्नुपर्ने आफ्नो माग रहेको बताइन।

जय भगवति मेलौली सुनचाँदी

उता कार्यक्रममा कुनैपनि किसिमको आर्थिक अनियमिता नभएको गाउँपालिका उपाध्यक्ष मञ्जु महराले बताइन। वडा नम्बर ५,६,७,८को सार्वजनिक सुनुवाई सकिएको र १,२,३,४ को बाकि रहेकोले छिट्टै सार्वजनिक सुनुवाई गरिने बताइन।

कार्यक्रमको भुक्तानीसहितको फाइल र गुनासो संगै आएकोले छानबिनको लागि उक्त कार्यक्रमको भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थिले बताए। कार्यक्रम सन्तोषजनक नपाइएमा भुक्तानी रोकिने बताए। गाउँपालिकाको बार्षिक स्विकृत कार्यक्रम अनुसार महिला शसक्तिकरण गर्ने उदेश्यका साथ सिपमुलक तालिम सन्चालन गर्न ११ लाख           गाउँपालिकाबाट विनियोजन गरिएको थियो। कार्यक्रममा ९६ जना महिलाहरुले तालिम लिएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page