



बैतडी -सुदूरपश्चिम विश्व विद्यालय मातहत रहेका बैतडीका ३ क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागिमतदान हुदैछ । पाटन बहुमुखी क्याम्पस पाटन, जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी र मणिलेक क्याम्पस कांडा मेलौलीमा आज स्ववियु निर्वाचन हुन लागेको हो । बिहान ८ बजेदेखि नै मतदान कार्य सुरु भएको बताइएको छ ।साँझ ४ बजेसम्म मतदान हुने र त्यसलगत्तै मतगणना हुने बताइएको छ ।




