Vutlaxapu
Laxmibhuwan sun chadi

हाकिमको खोजिमा गाउँपालिका अध्यक्ष काठमाडौं प्रस्थान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला -दार्चुलाको ब्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामि प्रमुख प्रशासकीय अधिकृतको खोजिमा काठमाडौं लागेका छन्। पटकपटक मन्त्रालयको ध्यानाकर्षण गराउदा समेत कुनै सुनुवाई नभएकोले आफु प्रमुख प्रशासकीय अधिकृतको खोजिमा काठमाडौं लागेको बताए। गाउँपालिकामा विगत दुइ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाका सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका आयोजनासमेत अधिकृत अभावमा प्रभावित हुँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा (वृद्ध) भत्ता, विद्यार्थी, सुत्केरी भत्ता, औषधि खरिद, विद्यालयका पाठ्यपुस्तक खरिद, कर्मचारीको तलब, निर्माण सम्पन्न योजनाको रकम भुक्तानी नहुँदा पारिश्रमिकबाट वञ्चित हुनुका साथै विकास निर्माणका सम्पूर्ण काम तथा गतिविधि पूर्णरूपमा ठप्प छन् योजना सम्झौता गर्दा अनुमानित लागत तयार गरी पेश्की दिनुपर्ने हुन्छ । पेश्की दिन प्रमुख प्रशासकीय अधिकृत नभई मिल्दैन । गाउँपालिकामा विगत दुइ महिनादेखि लेखाको सबै काम रोकिएको उनले सुनाए ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँलिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोबार पूर्णरूपमा ठप्प छ । कार्यालयको काममा ढिलाइ हुँदा गाउँपालिकाका सर्वसाधारण मारमा परेका छन् । मन्त्रालयमा पटक पटक जानकारि गराउदा समेत कुनै चांसो नदिइनु लज्जास्पद भएको भन्दै गांउपालिकाका अध्यक्षले बताए। गाउँपालिकामा कामकाज ठप्प भएकोले आफुनै प्रमुख प्रशासकीय अधिकृतको खोजिमा काठमाडौं लागेको प्रति दुख व्यक्त गरेका छन्।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page