Vutla
Laxmibhuwan sun chadi

बैतडीमा पहिलो पटक बाख्राको सल्यकृया सफल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पाटन नगरपालिका–६ मेल्तडाका एक किसानले पालेको बाख्राले बच्चा जन्माउने बेला भइसकेको थियो । घरमै बच्चा जान्माउला भन्ने सोचले किसानले पशु प्राविधिकलाई जानकारी गराएनन् । बच्चा पाउन मुस्कील भएको थाहा पाएपछि बाख्रालाई भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन लगियो ।

जय भगवति मेलौली सुनचाँदी

भेटेरेनरी अस्पतालका डाक्टर विसाल पाठकले बाख्राको पाठो ४दिन अघि नै पेटभित्रै मरिसकेको बताएपछि सल्यक्रियाको तयारी गरियो अस्पतालमा ४घण्टा लगाएर सल्यक्रिया गरेपछी मरेको पाठोलाई पेटबाट निकालियो ।

अहिले बाख्राको अवस्था सामान्य रहेको छ । सल्यक्रिया पछि ४दिन सम्म पशु प्रविधिकले नियमित किसाको घरमा गएर बाख्रालाई औषधी खुवाउने र किसानलाई सुझाव दिइरहे । अहिले बाख्रा अन्य पशुजस्तै सामान्य अवस्थामा आइसकेका छन् ।

 

बैतडी स्थीत भेटनरी अस्पतालमा पहिलो पटक सल्यक्रिया प्रकृयाबाट बाख्राको पाठो निकालिएको हो । सल्यक्रिया गर्न अपुग भएको स्रोत साधन र औषधी धनगढीबाट मगाइएको थियो । बाख्राको २हप्ता अघि सल्यक्रिया गरेर मरेको पाठो निकालिएकोमा बाख्राको अवस्था सामान्य भैसकेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page