Vutla
Laxmibhuwan sun chadi

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाण्डाै – नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताकाे फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे लिग चरणकाे खेलमा भुटानसँग १–१ गाेलकाे बराबरी खेल्दै नेपाल फाइनलमा पुगेकाे हाे ।

 

पहिलाे हाफमा १–० गाेलले पछि रहेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ काे बराबरीमा ल्याएकाे हाे । नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलकाे अन्तिम समयमा गाेल गर्दै नेपाललाई हारबाट जाेगाए । भुटानका लागि खेलकाे १९ औँ मिनेटमा तेन्जिन नाेर्बुले गाेल गरे ।

 

जय भगवति मेलौली सुनचाँदी

याेसँगै नेपालले भुटानसँगकाे खेलमा आफ्नाे अपराजित यात्रालाई कायमै राखेकाे छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो ।

 

अब नेपालले फाइनलमा आउँदाे शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा र लाओस ३ अङ्कसहित दोस्रो भयो । १ अङ्क जाेडेकाे भुटान समूह चरणबाट बाहिरियो ।

 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page