Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा प्रकोपका रूपमा फैलिँदै ‘लम्पी स्किन’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखापरेको छ। सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए।

पाटनका किसानले पालेका पशुचौपायामा लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्किन प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ’गत मंसिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा पर्‍यो र परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो,’ उनले भने। सुरूमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ।

जिल्लाका सबै स्थानीय तहमा यो रोगको संक्रमण देखापरे पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूप लिएको उनले बताए।यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छर दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ,’ उनले भने।गाई, गोरु, भैंसीमा यो रोग देखापरेको छ। यसमा पनि गाई र गोरुमा बढी संक्रमण देखापरेको बताइएको छ। संक्रमण बढेपछि पशुचौपाया मर्ने सम्भावना हुन्छ। तर यहाँ हालसम्म पशु मरेको तथ्यांक नआएको केन्द्रले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेको छ। त्यसैले हाल प्राथमिक उपचार सुरू गरिएको उनले बताए। यो रोग निको पार्ने कुनै खोप नभएको पनि उनले बताए।

‘यसबाट ग्रसित पशुका लागि ठोस उपचार छैन। सामान्य एन्टिबायोटिक दिने काम सुरू गरेका छौं। बेटाडिन तथा ड्रेसिङ पनि गरिदिएका छौं,’ उनले भने।

पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन्। यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ। पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको हो। त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको हो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page