Vutla
Laxmibhuwan sun chadi

मेलौली नगरपालिकामा घोडामा पानि, कठै जिन्दगानी

स्थानीय भन्छन् नेताहरुका लागि पानि चुनावि नारा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको मेलौली नगरपालिकामा खानेपानीको समस्या भएको छ। मेलौली नगरपालिकाको साबिकको वडा नम्बर ७को कांडाबजार,कांडा गाउँ,बनालि टोल,दबानि टोल,कांडा बजारमा खानेपानीको चरम समस्या देखिएको छ।

स्थानीय ब्यवसायि बिरेन्द्र भट्टका अनुसार पुरानो सरकारले पनि पानिको कुनै ब्यवस्था गर्न नसकेको र नयाँ सरकारले पनि पानिको ब्यवस्था गर्छौ भनि चुनावि मुद्दा बनाएको र अहिले सम्म कुनै पहल नगरिएको बताए।

जय भगवति मेलौली सुनचाँदी

जर्कु लिफ्टिङ खानेपानि मणिलेक नमुना माबि कांडा,मणिलेक क्याम्पस कांडा,जिल्ला आयुर्वेद अस्पताल कांडा केशरपुर पा्ररथमिक स्वास्थ्य केन्द्र ,कांडाबजार,हरिपुर बजार र मेलौलि नगरपालिकाको वडा नम्बर १ को सबैजसो टोलमा पानि पुर्याउने लक्ष्य भएपनि वार्ड नम्वर १ को देहि गांउ,तल्ला गाउँ,मल्ला गाउँ र हरिपुर बजारमा मात्रै सिमित भएको उनले बताए। यस्तै खानेपानीको अभावले बिधालय, स्वास्थ्य केन्द्र होटल ब्यवसायिहरुलाइ ब्यबसाय सन्चालन गर्न समस्या भएको उनले बताए।एक जार भर्नपनि पालो कुर्नुपर्ने अवस्था भएकोले ब्यबसाय सन्चालनको सट्टा खान पनि समस्या भएको अर्का ब्यवसायि कृष्णसिंह भण्डारीले बताए।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो बर्ष मेलौलीमा गर्नुपर्ने भएपनि पानि अभावका कारण पाटनमा गर्नुपर्ने अवस्था आएको समेत उनले सुनाए। खानेपानिको चरम समस्याकै कारण ब्यबसाय सन्चालन गर्न समस्या भएकोले पलायन हुनुपर्ने अवस्था आएको उनले बताए। धेरै जसो ब्यवसायिले घोडामा पानि मगाउनु पर्ने बाध्यता रहेको बताए। करिब ४दसक पहिलादेखि गव्ल्लेकबाट सन्चालनमा रहेको खानेपानि योजनाको पानि दिनमा १ घण्टा मात्रै चल्ने गरेको बताए।खानेपानीको समस्याका बिषयमा नगर प्रमुख भिम बहादुर चन्दले विभागसंग छलफल भइरहेको र छिट्टै समाधान गरिने बताए। मेलौलिमा बर्षौदेखि खानेपानीको समस्या देखिएतापनि समाधान नभइ चुनावि एजेन्डामा मात्रै सिमित भएको देखिन्छ।

  • बल्लतल्ल दुई दिनमा पालो आयो पानि मिलेन रित्तो जार लिएर फर्किँदै स्थानिय 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page