



बैतडी -बैतडीमा एक वडा अध्यक्ष माथि कुटपिट भएको छ।जिल्लाको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कुटपिट भएको हो। वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले कुटपिट गरेको बताइएको छ।बिहीबार राती वडा नं १ कै जिरो पोइन्टमा रहेको बजारको एक पसलमा बुवाछोराले अध्यक्षलाई कुटेका हुन्। कुटपिटबाट वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाँचिएका बताइएको छ। कुटपिट गर्ने बुवाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।




