Vutla
Laxmibhuwan sun chadi

बुडाल मृत्यु प्रकारणः वडाअध्यक्षसहित चार जना कारागार चलान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायणसिंह ऐरी (मृतकका भिनाजु), अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र गजेन्द्रसिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन। उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए।१३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए। राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page