



बैतडी -सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय उपाध्यक्षमा बैतडीका प्रेम भाट चयन भएका छन् । प्रथम केन्द्रिय सम्मेलनबाट भाट उपाध्यक्षमा सर्बसम्मत चयन भएका हुन् । अध्यक्षमा गुणराज मोक्तान चयन भएका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका भाट बैतडीको पाटन नगरपालिका ९ मा रहेको सिद्धेस्वर नमुना मावि हुक्केडाडा र पाटन ३ को सिगास माविका समेत विव्यस अध्यक्ष हुन् ।




