Vutla
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाको सार्वजनिक सुनुवाइ एवं सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगतिको सार्वजनिक सुनुवाइ एवं गत आर्थिक वर्ष २०७८/७९ को सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ

दोगडाकेदार गाउँपालिकामा बिकास निर्माणको बारेमा स्थानीय जनताले गरेका प्रशन को क्रममा गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले समग्र विकास निर्माण को बारेमा जानकारी दिदै स्थानीय जनताको सल्लाह सुझावलाई ग्रहण गर्दै आफुलाइ अहिलेसम्म बिकास निर्माणमा सहयोग गरेकोमा सम्पूर्ण लाई धन्यवाद दिनुभएको थियोे ।गाउँपालिका अध्यक्ष कार्कीले जनताले महसुस गर्ने गरी काम गरेको बताउनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

कानुनी अड्चन, बजेटको अभाव लगायतका कारणले अपेक्षित रुपमा काम गर्न नसकेपनि सङ्घीयताको मर्म अनुसार विकास गर्न जनप्रतिनिधि प्रयासरत रहेको अध्यक्ष कार्किको भनाई रहेको थियो। यस्तै गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण, एवं प्रवद्र्धन गर्न पालिकाले काम गरिरहेको बताए। शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा आमुल परिवर्तन ल्याउन आवश्यक रहेकोले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो

 

दोगडाकेदार गाउँपालिका भित्र रहेका कृषि साखा पशुसेवा साखा ,शिक्षा साखा रोजगारसाखा स्वास्थ्य साखा , लगाएतले स्थानीयले गरेको प्रश्नन को बारेमा जबाफ दिनु भएको थियोे

यस्तै गाउँपालिकाको समग्र बिकाश निर्माणका भएको खर्च सहितको प्रतिवेदन, कर्मचारीको समग्र बिकासको बारेमा उठेका प्रश्नको दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बहादुर धामिले जबाफ दिनु भएको थियोे ।आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रगतिको सार्वजनिक सुनुवाइ एवं गत आर्थिक वर्ष २०७८/७९ को सार्वजनिक परीक्षण सहितको समीक्षा गर्न सार्वजनिक सुनुवाइ गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताउनुभयो । पूर्वाधार विकासलाई प्रभावकारी देखि सेवा प्रवाहलाई सहज बनाउन आफु प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत धामिको भनाई रहेको थियो । सार्वजनिक सुनुवाइ एवं सार्वजनिक परीक्षण कार्यक्रमको सहजीकरण उदाउने मिडिया प्रा लि दोगडाकेेदारले गरेको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी राजनीतिकदल को उपस्थितिमा रहेको थियोे

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page