Vutla
Laxmibhuwan sun chadi

दोगडाकेदारमा पिपलकोट–सिल्लेगाडा ३३ के.भी. विद्युत वितरण लाईन निर्माण हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल विद्युत प्राधिकरण द्वारा प्रस्तावीत बैतडीको दोगडाकेदार गाउँपालिका स्थीत पिपलकोट–सिल्लेगाडा ३३ के.भी. विद्युत वितरण लाईन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्वन्धी सार्वजजिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधी, स्थानीयबासी र प्राधिकरणका प्रतिनिधीहरु सहभागी थिए।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियबासीले आयोजना निर्माणमा सहयोग गर्ने बताएकाछन्।आयोजनाको वितरण लाइन निर्माण गर्दा कृषकहरुको खेतको बालिनालीमा क्षति हुनसक्ने भएकाले बालिनाली उठाउन समय दिनुपर्ने तथा क्षति भएमा क्षतिको मुल्यांकन गरेर क्षतिपुर्ती दिनुपर्ने स्थानियबासीको माग छ।

गाउँपालिका अध्यक्ष कार्कीले स्थानियबासीलाई सीप र क्षमताका आधारमा रोजगारीमा प्राथमिकता दिनुुपर्ने बताए । उनले आयोजना निर्माण गर्दा न्यून वातावरणीय क्षति हुनेगरी निर्माण गर्नुपर्ने र निर्माणका क्रममा स्थानियसंग छलफल तथा समन्वय गर्नुपर्ने बताए । आयोजनाको सव–स्टेशन घेरबार गरी सुरक्षीत गर्नुपर्ने उनको भनाई छ । पिपलकोट–सिल्लेगाडा ३३ के.भी. विद्युत वितरण लाईन निर्माण हुदा छिमेकि पालिकाहरुलाइ समेत राहत हुने देखिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page