Vutla
Laxmibhuwan sun chadi

दार्चुलाको नौगाडमा प्रेमी–प्रेमिका मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी-दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् । नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले रातोपाटीलाई बताए । सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले शुक्रवार बिहान उठाएर अस्पतालमा पठाएको छ । मृतकहरु दुवैजना १७ वर्षका छन् ।किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए । चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page