



बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ।
अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव फेला परेको हो।धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको बताइएको छ।वासुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।




